
गुल्मीमा ९० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
सत्यवती गाउँपालिका–७ जोहाङ्ग सोता बस्ने नरहरि भण्डारी सत्यवती गाउँपालिका–६ उल्लीखोलास्थित खोलाको छेउमा मृत फेला परेका हुन् ।
भण्डारी बुधवार दिउँसो ४ बजे घरबाट हिँडेका थिए ।
साँझसम्म पनि घरमा नआएपछि परिवारका सदस्य र स्थानीयले खोज्ने क्रममा शुक्रवार बिहान ८ः३० बजेको समयमा खोलाको छेउमा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक श्यामप्रसाद यादवले जानकारी दिए ।