२८ जेठ २०८३, बिहीबार

लुम्बिनी र कर्णाली प्रदेशमा मनसुन प्रवेश

लुम्बिनी र कर्णाली प्रदेशमा मनसुन प्रवेश
प्रतिकात्मक तस्वीर

यस वर्षको मनसुन थप २ प्रदेशमा प्रवेश गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको जनाएको छ ।

नेपालको १ नम्बर प्रदेशमा गत जेठ २२ र मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा जेठ २६ गते मनसुन प्रणाली आगमन भएको थियो । यससँगै मनसुन प्रवेश भएको प्रदेश ६ वटा पुगेको छ ।

देशका बाँकी रहेको भू–भागमा केही दिनभित्रमा मनसुन प्रणाली प्रवेश हुने सम्भावना रहेको विभागले जनाएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यसै सन्दर्भमा यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमितरूपमा अद्यावधिक गर्दै जाने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्