×

NMB BANK
NIC ASIA

बिजुक्छेको शवयात्रामा हजारौँको भीड, सिङ्गो भक्तपुर शोकमा डुब्यो

असार १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मुसुक्क हाँसो, उज्यालो अनि हँसिलो मुहार देखिएको शोभा प्रधान बिजुक्छेको सुन्दर तस्वीर अङ्कित प्लेकार्ड हातमा बोकेर अन्तिम बिदाइमा आएका भक्तपुरवासीको आँखा दिनभर रसाइरह्यो । भक्तपुर नगरपालिका–१ दूधपाटी पिपलबोटको आँडमा आज दिउँसो १ बजे अगाडि नै हजारौँ भक्तपुरवासीको भीडमा अधिकांशको आँखा रसाएका थिए ।

Muktinath Bank

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको जीवनसङ्गिनी, नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष एवं नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य शोभा प्रधानको शवयात्रा आज दिउँसो १ बजे हुने भएपछि शवयात्रामा सहभागी हुन हजाराैँ महिला–पुरुषको उपस्थिति थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्यान्सर रोगसँग परास्त भएपछि यही असार ८ गते नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा निधन भएकी शोभा पार्टी अध्यक्षको पत्नी भएर मात्रै नभई एक कुशल शिक्षिका र महिला आन्दोलनकी नेत्री भएर पनि त्यहाँ हजारौँ भक्तपुरवासी अन्तिम बिदाइ गर्न भेला भएका थिए । त्यो भीडमा कयौँ पार्टी कार्यकर्ता, विद्यार्थी र शिक्षकहरूको आँखामा आँसु टिल्पिलाएको देख्दा लाग्थ्यो, आजको यो प्रहरमा सिङ्गो भक्तपुर रोइरहेको छ, सिङ्गो भक्तपुर शोकमा डुबेको छ ।


Advertisment
Nabil box
Kumari

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले फूलमालाले अन्तिम श्रद्धाञ्जलि अर्पण गर्दा शोभा प्रधानलाई धेरै नजिकबाट बुझ्नेहरु मात्र होइन, उनलाई चिन्नेहरु, उनले शिक्षा दिएका विद्यार्थी, उनले महिला अधिकारका सवालमा दिएका सयौँ प्रशिक्षणमा सहभागी महिला शवयात्रामा सहभागी हजारौँको आँखा रसाएका थिए, भावविह्वल भएका थिए । पार्टीको तर्फबाट सचिव प्रेम सुवालले प्रधानको मृत शरीरमा पार्टीको झण्डा ओढाएका थिए। 

Vianet communication
Laxmi Bank

अन्तिम बिदाइ यात्रामा उनप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्दै उपस्थित पार्टीका नेताहरूले उनको सम्मानमा शिर झुकाउँदा, पुष्पगुच्छा अर्पण गर्दा सहभागीहरू निकै भावुक बनेका थिए । अन्तिम बिदाइमा आएकाहरु स्तब्ध थिए । 

भावविह्वल वातावरणमा भएको श्रद्धाञ्जलिसभापछि सुरु भएको शवयात्रा दूधपाटीबाट भार्वाचो, नासमना, टौमढी, सुकुलढोका, तचपाल, च्याह्मासिंह हुँदै हनुमानघाटसम्म पुग्दा त्यो भीड बढ्दो थियो । 

बिजुक्छेका दुई छोरा सुवेग र सुवान बिजुक्छेले दागबत्ती दिएर अन्तिम बिदाइ गर्दा सहभागीहरूको रुवाइ देख्ने जो–कोहीको आँखा रसाएका थिए । नेपाल मजदुर किसान पार्टी, नेपाल क्रान्तिकारी महिला सङ्घ र नेपाल क्रान्तिकारी शिक्षक सङ्घले उनप्रति सम्मान, स्मरण र श्रद्धाञ्जलि अर्पण गर्दै शवयात्रामा सङ्घको झण्डा आधा झुकाइएका थिए ।

तेइस    वर्षअघि स्तन क्यान्सर भई पूर्णरूपमा निको भएकी शोभा प्रधान पुनः विसं २०७४ देखि पाठेघर क्यान्सरबाट पीडित भएकी थिइन् । नेपाल क्यान्सर अस्पतालमा नियमितरूपमा उपचाररत उनको असार ८ गते निधन भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x