२१ जेठ २०८३, बिहीबार

देशभरका ९२८ मध्ये ६८१ पुस्तकालय बन्द

देशभरका ९२८ मध्ये ६८१ पुस्तकालय बन्द

देशभरका ६८१ पुस्तकालय बन्द भएको पाइएको छ । वि.स.१९७४ देखि हालसम्म खुलेका ९२८ पुस्तकालय मध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको  संख्या जम्मा २२७ मात्रै रहेका छन् । केही भने जेनतेन चलिरहेका पाइएको छ । 

रिड नेपाल र शान्ति भोलुन्टियर एसोसिएसनको सहकार्यमा शिक्षा मन्त्रालयले गरेको सर्भेले यस्तो देखाएको छ । सर्भेको विस्तृत रिपोर्ट आगामी असार १५ र १६ गते हुने सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा सार्वजनिक गरिने शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले जानकारी दिए । उनले देशभरका पुस्तकालयहरुलाई ६० बढी प्रश्नहरु सोधेर सर्भे गरिएको जानकारी दिए । 
दोस्रो राष्ट्रिय सम्मेलन बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपसचिव निरौलालले हाल नेपालमा पूर्ण सरकारी अनुदानमा चलेका सार्वजनिक पुस्तकालयहरु नगन्य रहेपनि सरकारले ७५३ वटै स्थानीय तहमा सार्वजनिक पुस्तकालय खोल्ने तयारी गरिरहेको जानकारी दिए । निरौलाका अनुसार सरकारले ९८ पुस्तकालयलाई १ देखि १० लाख अनुदान दिएको छ ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै रिड नेपालका भोलाकुमार श्रेष्ठले नेपालमा स्थायी स्रोत बिनै लहैलहैमा पुस्तकालय खोलिनाले धेरै पुस्तकालयहरु लमोसमय सञ्चालन हुन नसकेको बताए । रिड नेपालले हाल नेपालका ४३ जिल्लाका ६९ ठाउँमा पुस्तकालयहरु सञ्चालन गरेको साथै, ती सबै दिगो विकासका कार्यक्रमसँग जोडिएकाले निर्वाध सञ्चालन भइरहेका श्रेष्ठले स्पष्ट पारे । 

salt training

कमेन्ट गर्नुहोस्