
राजधानी काठमाडौँ उपत्यकाको नदी सभ्यताको स्रोतका रूपमा रहेको बागमती सफाइ महाअभियानले ४७६औँ हप्ता पूरा गरेको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानको ४७६औँ हप्ताको अभियानका क्रममा आज तीनकुनेस्थित वाग्मती पुल बुद्ध शान्ति विहारअघि सफाइ गरिएको छ । सफाइबाट साढे दुई टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
सफाइमा पूर्व मुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नेपाली सेना कालीदल गणको सक्रियता रहेको उनले बताए ।