११ साउन २०८३, सोमबार

सांसददेखि सभामुखसम्मले कति बुझ्छन् तलबभत्ता ?

कात्तिक २०, २०७४
सांसददेखि सभामुखसम्मले  कति बुझ्छन् तलबभत्ता ?
काठमाडौँ, ८ साउन - नयाँ पत्रिका लेख्छ- गत ५ मंसिरमा सांसदहरूको पारिश्रमिक र सुविधा वृद्धिसम्बन्धी विधेयक संसद्बाट बहुमतले पारित भयो । उक्त ऐन बनेपछि सांसदले मासिक ५५ हजार २ सय ३० रुपैयाँ पारिश्रमिक बुझ्छन् । विधेयक पास हुनुअघि प्रत्येक संसद् बैठकको दुई सय रुपैयाँ सांसदले भत्ता बुझ्ने गर्थे । तर, यो रकम पाँच गुना बढाइएको छ । अहिले सांसदले प्रत्येक बैठक भत्ता हजार रुपैयाँ बुझ्छन् ।

सांसदहरूले तलब, सञ्चार खर्च, बैठक भत्ता, आवास सुविधा र विशेष भत्ताका अतिरिक्त फर्निचर खर्चबापत वार्षिक १५ हजार रुपैयाँ पाउँदै आएका छन् । सांसदले यातायात खर्चबापत दैनिक एक हजार, बिजुली, धारा शीर्षकमा मासिक दुई हजार, दैनिक भ्रमण भत्ता दुई हजार पाँच सय रुपैयाँ बुझ्दै आएका छन् । अर्कोतर्फ प्रतिसांसद १० लाख रुपैयाँ यात्रा विमा व्यवस्था गरिएको छ ।
सांसददेखि सभामुखसम्मकोे पारिश्रमिक र भत्ता123-4

salt training

कमेन्ट गर्नुहोस्