०६ साउन २०८३, बुधबार

आज दिनभर यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको अपिल

आज दिनभर यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको अपिल

आइतवार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसम विभागले जनाएको छ । 

हाल मुलुकको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने सूदुरपश्चिम भूभागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।

विभागका अनुसार, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो तथा रातिसम्म नै देशभर सामान्य देखि पुर्ण बदली रहने विभागको पूर्वानुमान छ  । 

विभागका अनुसार आइतवगार दिउँसो तथा राति देशभरका पहाडी भूभागका धेरै स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

गण्डकी प्रदेश, कर्णाली तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ ।

विभागले भारी वर्षा हुने प्रदेशहरूको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । 

यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउनु समेत विभागले अपिल गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्