०३ असार २०८३, बुधबार

नयाँ बसपार्कमा कटुवा पेस्तोलसहित २ जना पक्राउ

नयाँ बसपार्कमा कटुवा पेस्तोलसहित २ जना पक्राउ

कटुवा पेस्तोलसहित काठमाडौंमा दुई जना पक्राउ परेका छन् । 

प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-६, मित्रनगरको एउटा खाजाघरमा कटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७, धोबीचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी बर्दघाट–१४ चौपत्ताका ३० वर्षीय राजु विक रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । 

उनीहरूको साथबाट १ थान कटुवा पेस्तोल, १ थान गोली र गोलीको खोका बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्