
श्रीलंकाले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलंकाका लागि आयात भई आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो ।
सो कुराको जानकारी श्रीलंकाली इन्धन तथा उर्जा मन्त्री कञ्चन विजकेसरीले जानकारी दिए । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलंकाले इन्धनमा कटौती गर्ने जनाएको बताइएको छ ।
बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलंकाको सरकारी आयल निगम सिलोन पेट्रोलियम वितरक कम्पनीले यहाँका सरकारी तथा निजी क्षेत्रलाई दिने इन्धनमा कटौती गर्ने जनाएको हो ।
मन्त्री विजकेसरीले यहाँका सार्वजनिक यातायात, अस्पताल र उद्योगहरूलाई प्राथमिकता दिइने र अरू क्षेत्रका सवारीको इन्धनमा कटौती गरिने जानकारी दिए ।
उनले कच्चा तेल अर्को हप्ता प्राप्त हुने भन्दै प्रशोधन केन्द्रलाई त्यसको तयारीमा रहन आग्रह गर्नुका साथै यातायातका लागि लाइनमा नबस्न सबै सर्वसधारणलाई आग्रह गरेका छन् ।
श्रीलंकामा आर्थिक मन्दी छाएको छ । जसका कारण यहाँ इन्धनमा हुने नियमित आपूर्तिमा पनि कमी आउन थालेको बताइएको छ । -रासस/सिन्ह्वा