११ साउन २०८३, सोमबार

पर्यटन बोर्डको सीईओ हटाउने बैठकमा कोरम नै पुगेन, घरघर लगेर हस्ताक्षर गराइँदै

पर्यटन बोर्डको सीईओ हटाउने बैठकमा कोरम नै पुगेन, घरघर लगेर हस्ताक्षर गराइँदै

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीलाई हटाउन बोलाइएको बोर्ड बैठकमा गणपूरक संख्या (कोरम) नै पुगेन ।

पर्यटन सचिव तथा बोर्ड अध्यक्ष महेश्वर न्यौपानेले आइतवार पर्यटन मन्त्रालयमै बोलाएको बोर्ड बैठकमा गणपूरक संख्या नपुगेपछि बैठक नै नभएको पर्यटन बोर्डका एक सदस्यले बताए । 

बोर्डको बैठकमा बहुमत नपुगे पनि घरघर लगेर हस्ताक्षर गराउन केही सदस्य लागिपरेको जानकारी आफूले पाएको सीईओ रेग्मीले बताए ।

रेग्मी आइतवारको बैठकमा भने उपस्थित भएनन् । बोर्ड बैठकमा सरकारी प्रतिनिधि र प्रेम आलेले नियुक्त गरेका सदस्य मात्रै उपस्थित थिए । 

पर्यटन बोर्डका एक वरिष्ठ अधिकारीका अनुसार सीईओ बर्खास्तको प्रस्तावसहित बोर्ड बैठक बसेको छ । बहुमत पुगेको अवस्थामा सीईओ हट्ने ती अधिकारीको भनाइ छ ।

बोर्डमा ११ सदस्य हुने भए पनि २ सदस्य पद खाली छ । जसकारण बहुमतका लागि ५ जना सदस्यको हस्ताक्षर आवश्यक पर्छ । 

salt training

कमेन्ट गर्नुहोस्