०८ साउन २०८३, शुक्रबार

मन्त्रीको शपथ शीतलनिवासमा, राज्यमन्त्रीको शपथ सिंहदरबारमा

मन्त्रीको शपथ शीतलनिवासमा, राज्यमन्त्रीको शपथ सिंहदरबारमा

नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीले सोमवार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ४ मन्त्रीलाई सोमवार दिउँसो ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री शेरबहादुर देउवाले १ राज्यमन्त्रीलाई सिंहदरबारस्थित कार्यालयमा शपथ गराउने कार्यक्रम रहेको जनाइएको छ । 

नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरीले शहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।

त्यसैगरी राज्यमन्त्रीमा हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियुक्त भएका छन् ।

राष्ट्रपति भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा आइतवार हेरफेर गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्