साउन १३, २०८०
उनकै कार्यकर्ताले मानेनन्, अझ भनौं झन् बढी उल्लंघन गरे, यो बेग्लै कुरा हो तर सरकारबाट हटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा असाध्यै राम्रो कुरा गरेका थिए २०७८ फागुन २७ गते पोखरामा । अन्य दलका क...
म्यादी अर्थात् टेम्पोररी । नेपालमा चुनाव सञ्चालन गर्नका लागि शिक्षक वा अन्य सरकारी कर्मचारी खटिन्छन् र सुरक्षाका लागि भनेर अस्थायी प्रहरीको भर्ती लिने चलन छ । अस्थायी प्रहरीलाई भनिने ‘म्यादी’ यसपटकको नेपालको स्थानीय निर्वाचनमा एकजनाले सामाजिक सञ्जालमा गरेको उपद्रोका कारण चर्चित शब्द बन्यो । प्राज्ञिक एवं अनुसन्धानको क्षेत्रमा राम्रा उपलब्धि हासिल गरेका युवा समेत म्यादी प्रहरी बनेको घटनाले पनि नेपालमा निकै चर्चा पायो । म्याद तोकेर निश्चित भूमिकाको लागि जागिरे बन्नेहरू सबै म्यादी हुन् । तर चुनावका म्यादीको चाहिँ चर्चा अलग्गै हुन्छ ।
नेपालमा म्यादीहरू चर्चित हुनुअघि नै मैले अस्ट्रेलियाको संघीय चुनावमा म्यादी भएर काम गर्ने निर्णय गरिसकेको थिएँ, भलै नेपालको चुनावभन्दा अस्ट्रेलियाको संघीय चुनाव केही ढिला हुँदै थियो । मे २१ मा हुने चुनावको लागि करीब चार–पाँच महिनाअगाडि नै मैले म्यादी कर्मचारीको रूपमा काम गर्न निवेदन दिएको थिएँ । अस्ट्रेलियाको निर्वाचन आयोगले करीब एक लाख चुनावी कर्मचारीको पदमा आवेदन मागेको थियो ।
हरेक चुनावमा मतदान गर्नु अनिवार्य भएकाले अस्ट्रेलियाका नागरिकहरूका लागि मतदान कानूनी, नैतिक र राजनीतिक कर्तव्य हो । न्यू साउथ वेल्सको स्थानीय निर्वाचनमा म र मेरी पत्नी पहिलोपटक मतदान गर्दै थियौं । घरबाट तीन मिनेटको दूरीमा रहेको सरकारी विद्यालय हाम्रो मतदान केन्द्र थियो । खासै लामो लाइन पनि थिएन । न त कोलाहल, न त बन्दूक बोकेर उभिएका सुरक्षाकर्मी नै । सात–आठ जना कर्मचारीले नै शान्त र सौहार्द्रपूर्ण रूपमा चुनाव प्रक्रिया अगाडी बढाइरहेका थिए । भोट दिएकै दिन अस्ट्रेलियाको मतदान केन्द्रमा म्यादी (टेम्पोररी) कर्मचारीका रूपमा काम गरेर यहाँको निर्वाचनलाई नजिकबाट अनुभव लिनुपर्छ भन्ने लागिसकेको थियो । त्यसैले २१ मे को संघीय चुनावमा काम गर्ने निधो गरें । चुनावको दिन चुनाव सञ्चालन गरेर मतगणना सम्पन्न गर्ने गरी करीब १५ घण्टा जतिको भूमिका पाइयो ।
केही औपचारिक पत्र, सम्झौता र अनलाइन तालिम सकेपछि एकैपटक चुनावको दिन बिहान सात बजे मतदान केन्द्रमा पुग्ने पक्का भयो । आठ बजेदेखि चुनाव गर्नको लागि थोरै मात्र तयारी बाँकी थियो । टेबल मिलाइयो, को कसले के के गर्ने भन्ने छुट्ट्याएपछि शुरू भयो मतदान ।
दिनभर यो मतपत्र ‘सिनेट’को लागि र यो ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’को लागि, यसमा आफ्नो रोजाइ अनुसार प्राथमिकता क्रममा ‘सिनेट’का लागि कम्तीमा ६ वटा पार्टी वा १२ वटा उम्मेदवार छान्नुस् र ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’को लागी यो मतपत्रमा रोजाइअनुसार उम्मेदवारलाई एकदेखि सात अंक दिनुस् भनेर बित्यो । मतदान चलिरहेको समयमा शौचालय जान र आधा घन्टा खाजा खानका लागि विश्राम चाहिँ मिल्यो । भीडभाड कम भएको मौकामा आफूले भोट हाल्ने काम पनि सम्पन्न गरियो ।
सजिलो मतगणना
छ बजे मतदान सकिएपछि केही समयको विश्राम लिएर मतगणना शुरू भयो । उम्मेदवारका प्रतिनिधिको उपस्थिति अनिवार्य नै भइहाल्यो । बक्साका बक्सा मतपत्र एक ठाउँ बनाएर प्राथमिकता अनुसार छुट्ट्याएपछि गन्न निकै सजिलो । तीन घण्टा जतिमा मतगणना सकियो । नेपालमा जस्तो ठूला मतपत्र, मसीवाला छाप, विवाद झिक्ने बाटो खोज्ने परम्परा नभएकाले मतगणना पनि सजिलो प्रक्रिया बनेको हुनसक्छ । पार्टी तथा उम्मेदवारका प्रतिनिधि पनि सँगै थिए, एउटा दुईटा मतपत्रका अंकका बारेमा बाहेक अरू केहीमा प्रश्न उठाएनन् । नेपालमा त बाझाबाझ मात्र हैन, हानाहान हुने गरेको देखेसुनेका हाम्रा लागि विना कुनै ठूलो स्वर मतगणना सकिनु अचम्म हो । हाम्रो मतदान केन्द्रमा हामीले मतगणना सकेर आराम गर्दाखेरी समाचार सुनेको त प्रधानमन्त्री नै परिवर्तन भइसकेका थिए ।
प्रहरी विनाका मतदान केन्द्र
नेपालका चुनावमा मतदान केन्द्रमा चार किल्ला तोकेर प्रहरीले घेरा लगाउने र प्रहरी (म्यादी सहित)को कडा निगरानीमा मतदान हुने देखेका हामीलाई अस्ट्रेलियाको प्रहरी विनाका मतदान केन्द्र नयाँ कुरा हुन्छ । धेरैजसो चर्च, विद्यालय तथा सार्वजनिक भवनमा मतदान केन्द्र हुन्छन् । यहाँका मतदान केन्द्रमा प्रहरीको खासै उपस्थिति रहँदैन । म खटिएको केन्द्रमा एकपटक मात्र प्रहरीको टोली देखें ।
चर्को चुनाव प्रचार, कम पोस्टर
अस्ट्रेलियाको चुनाव प्रचार चाहिँ नेपालको भन्दा चर्काे र कडा आलोचना सहितको हुने रहेछ । नेपालको चुनावमा पनि नदी बेच्यो, राष्ट्रिय उद्योग कलकारखाना सक्यो भनेर नारा बनाए जस्तै प्रतिस्पर्धीका भाषण र अन्तर्वार्ताका टुक्रा जोडेर रेडियो र टेलिभिजनका विज्ञापन बनाउने यहाँको चलनले चुनावको प्रचार चाहिँ चर्कै सुनिन्छ । तर पोस्टर टाँस्ने काम चाहिँ कम । भित्तेलेखन त नेपालमा पनि हराइसक्यो, यता हुने कुरै भएन । तर यसपटकको संघीय चुनावमा मलाई अचम्म लागेको चाहिँ मतदान केन्द्रको बारमा नै विपक्षीले तत्कालीन प्रधानमन्त्रीलाई हटाऔं भनेर टाँसेको ठूलो ब्यानर थियो ।
सधैं शनिवार
अस्ट्रेलियाको चुनाव चाहिँ सधैं शनिवार हुने रहेछ । बिहान ८ बजेदेखि साँझको ६ बजेसम्म । साताको दुई दिन बिदा हुने भएकाले अधिकांशलाई शनिवार चुनाव हुँदा सोमवार काममा फर्कंदा बिदा काटिए जस्तो नहोस् भनेर होला ! यो चाहिँ मिलाएरै राखेका हुन् भन्ने लाग्छ ।
छिमेकी चिन्ने अवसर
अस्ट्रेलियामा नेपालमा जस्तो छरछिमेकीको बारेमा धेरै जानकारी पनि हुँदैन । भेटघाट पनि एकदमै थोरै र काम परेको खण्डमा मात्र हुने भएकाले चुनावमा मतदान केन्द्रमा काम गर्दाको फाइदा भनेको आफ्नो सबअर्बका मानिसहरूको प्रकृति चिनिन्छ । चुनावको एक दिन नै सबैजसो छिमेकका मानिस एउटै हलमा जम्मा हुने हुन् । केही कारणले घरबाटै वा चुनावको मितिभन्दा अगाडि नै मतदान गरेकाबाहेक अधिकांश मतदाता घर नजिकैको मतदान केन्द्र आउने भएकाले यो छिमेक बुझ्ने राम्रो अवसर हो । आफ्नो ‘स्ट्रीट’ र घर नजिकै घर भएका मानिसहरू के कस्ता छन् र कस्तो व्यवहार गर्ने रहेछन् भन्ने जानकारी पाउनु पनि फाइदाकै कुरा हो ।
न मतदाता परिचय पत्र, न नागरिकता
नेपालमा चुनावमा भोट हाल्नका लागी मतदाता परिचयपत्र अनिवार्य भनिन्छ । नागरिकता वा सवारीचालक अनुमतिपत्रको आधारमा पनि मतदान गर्न दिने वा नदिने भन्ने कुरामा विवाद भएको सुनिन्छ । तर अस्ट्रेलियाको चुनावमा मतदान गर्नका लागि न मतदाता परिचयपत्र चाहिन्छ, न त नागरिकता वा कुनै प्रमाणपत्र । नाम, ठेगाना र जन्ममितिको आधारमा मतदान गर्न सकिन्छ । हुन त, अस्ट्रेलियामा मतदान नगरेको खण्डमा जरिवाना लाग्ने भएकाले हरेक व्यक्तिले आफ्नो नाम मतदान गर्नेको सूचीमा राख्नुपर्छ । गलत व्यक्तिको नाममा मतदान गर्ने सम्भावना कम भएर पनि त्यसो गरिएको हुनसक्छ ।
उनकै कार्यकर्ताले मानेनन्, अझ भनौं झन् बढी उल्लंघन गरे, यो बेग्लै कुरा हो तर सरकारबाट हटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा असाध्यै राम्रो कुरा गरेका थिए २०७८ फागुन २७ गते पोखरामा । अन्य दलका क...
त्यसबेला सुवास नेम्वाङ संविधानसभाको अध्यक्ष हुनुहुन्थेन भने वर्तमान नेपालको संविधान दोस्रो संविधानसभाबाट पनि जारी हुन सक्ने थिएन । पहिलो संविधानसभालाई अन्तर्राष्ट्रिय स्वार्थका कारण योजनाबद्ध रूपमा असफल गराइयो...
रैथाने परिकार प्रबर्द्धनका लागि कृषि ज्ञान केन्द्र रामेछापले बृहत् अभियान शुरू गरेको छ । केन्द्रको रामेछाप र दोलखा जिल्लामा आफ्नो कार्यक्षेत्र हेर्ने जिम्मेवारी रहेको छ । परम्परागत रूपमा चल्दै आएका पुराना मौलिक ख...
माछा धेरैलाई मनपर्छ, त्यसमा पनि टाउको मन पराउने धेरै हुन्छन् । माछाको टाउको खाने चलन नेपालमा मात्र होइन, संसारमा प्रायः सबै देशहरूमा माछाको परिकारलाई मन पराएको पाइन्छ । माछाको टाउकोमा धेरै पोषक तत्वहरू ...
भोजकुमारी शाहलाई चिन्न अब गाह्रो छैन । काम र साहसले पछिल्लो समय उनलाई धेरैले चिन्न थालेका छन् । किचनको कमाण्ड महिलाले सम्हाल्नु घरका लागि त कुनै ठूलो कुरा होइन तर चारतारे होटलको ‘एक्जिक्युटिभ सेफ&rs...
राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि इतिहासको विभिन्न कालखण्डमा नेपाली जनताले पटक-पटक गरेका ऐतिहासिक जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा कम्युनिस्ट एवं लोकतान्त्रिक आन्दोलनका विभिन्न नेता- कार्यकर्ताहरूसँग ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...