
काठमाडौं, ८ साउन - यातायात व्यवस्था कार्यालय एकान्तकुनाले अनलाइन सर्भरमा समस्या आएको कारणले सम्पूर्ण सेवा स्थगित भएको जनाएको छ । साउन १५ गते सम्मका लागि सम्पूर्ण सेवा स्थगित गरिएको उक्त कार्यालयले जनाएको छ । एक सूचना प्रकाशित गर्दै कार्यालयले यस्तो बताएको हो ।