०६ साउन २०८३, बुधबार

घुस डील प्रकरणमा मुछिएका न्यायाधीश कोइराला निलम्बित

घुस डील प्रकरणमा मुछिएका न्यायाधीश कोइराला निलम्बित

घुस डील प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । 

घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको सूचना नेपाल राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बित भएका हुन् । 

न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको घुस डील प्रकरणको छानबिनका लागि न्याय परिषदले तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो । 

बुधवार बसेको न्याय परिषद् बैठकले परिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । 

घुस लेनदेनको डीलमा मुछिएका न्यायाधीश कोइरालालाई बुधवारबाट नै कामबाट अलग गरिएको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्