साउन २८, २०७९
बलिवुड अभिनेता सलमान खान आफ्ना एक छिमेकीका कारण हैरानीमा परेका छन् । सलमान र उनको छिमेकीको झगडा मुम्बईको उच्च अदालतसम्म पुगेको छ । शुक्रवार उक्त मुद्दाको उच्च अदालतमा पहिलो सुनुवाइ गरिएको छ । त्यस दौरान सलमा...
असार २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ ।
राजधानीस्थित नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रमकाबीच ३ मिनेट २४ सेकेन्ड समयावधिको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्म प्रदर्शनको संघारमा रहँदा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।
फिल्मले माओवादी कालखण्डको परिवेश प्रस्तुत गरेको छ । यद्यपि, फिल्मको कथा भने सामुदायिक वनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको झगडाको हो ।
फिल्ममा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ ।
सार्वजनिक ट्रेलरमा फिल्ममा शीर्ष भूमिकामा प्रस्तुत अधिकांश कलाकारहरूलाई प्रस्तुत गरिएको छ ।
माओवादी लडाकुको कुटपिट, सामुदायिक वनलाई लिएर दुई गाउँबीचको झगडा, वनको स्वामित्वका लागि दुई गाउँका युवाहरूबीच हुने फुटबल खेल र फुटबल खेलमा जसले जित्छ वनमाथि सोही गाउँको स्वामित्व रहने कुरा ट्रेलरमा प्रस्तुत गरिएको छ ।
ट्रेलरमा गाउँका शिक्षकको भूमिकामा देखिएका मनिष र दीयाबीच अंकुराउन थालेको प्रेमलाई समेत प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा दीया विवाहित महिला र एक छोरीको आमाको भूमिकामा प्रस्तुत भएको अनुमान लगाउन सकिन्छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक अनुप बरालले २०७२ सालमा फिल्मको छायांकन शुरू गरिए पनि विविध कारणले प्रदर्शनमा ढिलाइ भएको बताए ।
भूकम्प, नाकाबन्दी हुँदै कोरोना भाइरस र निर्धारित बजेट सकिएपछि रोकिएको फिल्मको अन्ततः निर्माण सकेर अहिले भारी बिसाएको तर भारी गह्रौं नभएको बरालले बताए ।
‘फिल्म हेर्दा तपाईंले मीठोपन महसुस गर्नुहुनेछ भन्न सक्छु । फिल्मको बारेमा मैले अरू धेरै बोल्नु भनेको अलि हतारो गर्नुजस्तो लाग्छ । धेरै कुराहरू फिल्मले नै बोल्नेछ,’ बरालले भने ।
उनले फिल्म सामुदायिक वनलाई लिएर दुईवटा गाउँबीच भएको झगडाको अन्तरद्वन्द्वमा हुर्केको कथा रहेको बताए ।
बरालले अगाडि भने, ‘यद्यपि, यसमा मल्टिपल चरित्रहरू छ । बहुचरित्रहरू भएको, एउटा ठूलो क्यानभास जस्तो, उपन्यासजस्तो मलाई लाग्छ । त्यो उपन्यासमा तपाईंलाई कसरी डोर्याउन सकिन्छ ।’
अभिनेत्री दीया मास्केले ‘दोख’ र भदौमा प्रदर्शनमा आउने अर्को फिल्म ‘प्रकाश’मा आफूले गरेका चरित्र दुवै अर्थपूर्ण रहेको बताइन् । उनले आफूले निर्वाह गरेको चरित्र र फिल्मलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरिन् ।
निर्माता सविन ज्ञवाली र फिल्ममा फुटबल खेलको कोरियोग्राफी गरेका अमनप्रताप अधिकारीले समेत आ–आफ्नो धारणा राखेका थिए ।
राजन कठेतले लेखेको फिल्मको निर्माता सविनसँगै मनोज अधिकारी हुन् । फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।
बलिवुड अभिनेता सलमान खान आफ्ना एक छिमेकीका कारण हैरानीमा परेका छन् । सलमान र उनको छिमेकीको झगडा मुम्बईको उच्च अदालतसम्म पुगेको छ । शुक्रवार उक्त मुद्दाको उच्च अदालतमा पहिलो सुनुवाइ गरिएको छ । त्यस दौरान सलमा...
अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी’ असोज १४ गते रिलिज हुने भएको छ । भदौ ३१ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब दशैंको फूलपातिको छेकोमा प्रदर्शन हुने भएको निर्द...
विश्व प्रसिद्ध अभिनेत्री दीपिका पादुकोण आफ्नो सुन्दरता र अभिनय कौशलका कारण दर्शकहरूको मन जित्न सफल छिन् । उनी सन् २००७ मा पहिलो फिल्म ‘ओम शान्ति ओम’बाटै दर्शकको मन जित्न सफल बनेकी हुन् । आज बलिवुडमा उ...
सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहाने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरिएको छ । ट्रेलरले दिदी&ndash...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो । निर्माता राजेश वंशलले...
नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ, आगामी असोजमा । त्यसो त निर्माण घोषणाताकाबाटै नेपाली चलचित्रकर्मी एवं दर्शकमाझ प्रेम गीत ३ लाई प्रतिक्षित फिल्मका रूपमा हेर...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...