१६ असार २०८३, मंगलबार

बाइडेन र सीबीच फोनवार्ता हुने

असार १३, २०७९
बाइडेन र सीबीच फोनवार्ता हुने

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनपिङबीच ‘आगामी केही हप्तामा’ भेटवार्ताको तयारी भएको अमेरिकी वरिष्ठ अधिकारीले सोमबार बताएका छन् ।

दुई नेताबीच ‘आगामी केही हप्तामा भेटवार्ता हुने सम्भावना रहेको छ,” अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भने । 

विश्वका दुई ठूला अर्थव्यवस्था भएका मुलुकका नेताबीच लामो समयदेखि जारी व्यापार विवाद, ताइवान बिषय र यूक्रेन आक्रमणमाथि पश्चिमी प्रतिबन्धको सामना गर्न रूसलाई मद्दत नगर्न बेइजिङलाई आह्वान हुने अपेक्षा गरिएको छ ।

एक हप्ताअघि, बाइडेनले ‘राष्ट्रपति सीसँग वार्तालाप गर्ने’ योजना सार्वजनिक गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्