२८ असार २०८३, आइतबार

माओवादी बैठकको निष्कर्ष : कांग्रेस भन्दापनि एमाले ‘कन्जर्भेटिभ’ पार्टी, वाइसिएल ब्युँत्याइने

कात्तिक २०, २०७४
माओवादी बैठकको निष्कर्ष :  कांग्रेस भन्दापनि एमाले ‘कन्जर्भेटिभ’ पार्टी, वाइसिएल ब्युँत्याइने

काठमाडौं ८ साउन–नेकपा माओवादी केन्द्रले नेकपा एमाले कांग्रेस भन्दापनि पुरातनवादी (कन्जरभेटिभ) पार्टी भएको ठहर गरेको छ ।

राजधानीमा पाँच दिनसम्म चलेको माओवादी केन्द्रको सचिवालय बैठकले एमाले वामपन्थी शक्ति भन्दापनि कन्जरभेटिभ शक्तिमा रुपान्तरण भएको निश्कर्ष निकालेको हो ।

‘एमालेलाई वामपन्थी देख्ने दृष्टिकोण गलत भयो, एमाले कांग्रेस भन्दापनि कन्जरभेटिभ फोर्स बन्यो भन्ने हाम्रो निश्कर्ष रह्यो’ माओवादी केन्द्रका प्रभावशाली नेता मणि थापाले लोकान्तरसँग भने, ‘वामपन्थी शक्ति भन्दापनि एमाले अन्तराष्ट्रिय प्रतिक्रियावादी शक्तिहरुको प्रतिनिधत्वको रुपमा आयो ।’

एमालेले वामपन्थी भोट काटेका कारण आफ्नो पोजिसन कमजोर भएको माओवादीको निश्कर्ष छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई हेर्ने दृष्टिकोणमा प्रष्ट हुनुपर्ने बताएका थिए । माओवादी समावेशी, समानुपातिक प्रतिनिधित्वको पक्षधर रहेको तर एमालेले समावेशीकरणको विरोध गरेका कारण एमाले कन्जरभेटिभ रहेको नेता थापाको तर्क छ ।

माओवादीले चुनावमा गणतन्त्र र परिवर्तन पक्षधर शक्तिसंगमात्र तालमेल गर्ने निर्णय गरेको छ । माओवादीले चुनावलाई उपयोग नभइ रुसमा लेलिनले जस्तै ‘रणनीतिक उपयोग’ मात्र गरेको व्याख्या गरेको छ ।

केन्द्रीय सदस्य ९९, पोलिटव्यूरो ३३

माओवादी केन्द्रले महाधिवेशन आयोजक समिति भद्दा हुँदा संगठन लथालिंङ्ग भएको ठहरसहित केन्द्रीय समिति दोहोरो अंकमा सीमित गर्ने निर्णय गरेको छ ।

प्रदेश स्तरमा क्षेत्रीय भेलाको आयोजनागरी केन्द्रीय सदस्य घटाउने प्रस्ताव लगिने नेता थापाले बताए । केन्द्रीय समिति ९९ सदस्सीय, स्थायी समिति ३३ सदस्सीय र स्थायी समिति ११ सदस्सीय बनाउने माओवादीको तयारी छ ।

वाइसिएल व्युँताउने

माओवादीले चुनावमा परिचालनको लागि पार्टीको युवा संगठन वाइसिएललाई सक्रिय बनाउने निर्णय गरेको छ । ‘युवाहरुलाई परिचालन र पार्टी संगठन निर्माणका लागि वाइसिएललाई अक्र प्रभावकारी बनाउने निर्णय छ’ उनले भने ।

माओवादीले सचिवालयको विस्तारित बैठकले गरेका निर्णय आइतवार दिउसो पत्रकार सम्मेलन गरेर सार्वजनिक

salt training

कमेन्ट गर्नुहोस्