०९ असार २०८३, मंगलबार

गोली लोडेड अवस्थामा रहेको अमेरिकन पेस्तोलसहित ३ जना पक्राउ

गोली लोडेड अवस्थामा रहेको अमेरिकन पेस्तोलसहित ३ जना पक्राउ

धनुषा जिल्लाको विदेह नगरपालिका–१ मैनाथपुरस्थित सीमा ईलाकाबाट सोमवार सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोल र लोड अवस्थामा रहेको १ राउन्ड गोलीसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतमा घर बताउने २९ वर्षीय राहुल रन्जन, २० वर्षीय उज्वल कुमार र ३६ वर्षीय संजय कुमार छन् ।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी मैनाथपुरबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरबाट भारततर्फ जाँदै गरेको बीआर ०६ एपी ३००८ नम्बरको सुजुकी कारमा जाँच गर्ने क्रममा कारको सिटमुनि लुकाई राखेको अवस्थामा पेस्तोल र ७.६५ एमएमको एउटा गोली फेला पारिएको हो । त्यसबेला कार समेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरूलाई बरामद पेस्तोल, गोली र कारसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्