
झापाको भद्रपुर, विर्तामोड लगायतका स्थानमा भारी वर्षा भएको छ ।
पछिल्लो ६ घण्टामा भद्रपुर, विर्तामोड, शनिश्चरे र आसपासका स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले बिहान ५ बजे अलर्ट जारी गर्दै जनाएको छ ।
सो स्थानमा थप वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।
जसकारण मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव हुन सक्ने विभागको भनाइ छ ।
विभागले सूचना जारी गर्दै सो स्थान आसपास र नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।