१९ असार २०८३, शुक्रबार

भारी वर्षाका कारण विभिन्न ठाउँमा उडान अवरुद्ध

भारी वर्षाका कारण  विभिन्न ठाउँमा उडान अवरुद्ध

बिहानैदेखि भारी वर्षा भएका कारण विभिन्न विमानस्थलहरूमा उडान अवरुद्ध भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, भारी वर्षाका कारण उडान अवरुद्ध भएका हुन् । 

पोखरा, धनगढी, विराटनगर, भैरहवा, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । 

विराटनगरमा भने उडान शुरू भएको छ । 

काठमाडौंको मौसम राम्रो भएपनि अन्य ठाउँमा मौसममा खराबी आउँदा उडान रोकिएको विभानस्थलले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्