२८ जेठ २०८३, बिहीबार

प्रधानसेनापति शर्मा अमेरिका भ्रमणमा, भेटे ब्रिगेडियर जनरल

प्रधानसेनापति शर्मा अमेरिका भ्रमणमा, भेटे ब्रिगेडियर जनरल

प्रधानसेनापति प्रभुराम शर्मा अहिले अमेरिका भ्रमणमा छन् ।

भ्रमणकै क्रममा उनले मरिन कर्प्स वार फाइटिङ ल्याब्रोटरीका कमाण्डिङ जनरल बिग्रेडियर जनरल केली बी. एलिसनसँग भेटघाट गरेका छन् । 

प्रधानसेनापति शर्माले क्वान्टिको भर्जिनियामा रहेको नेसनल म्युजियम अफ दी मरिन कर्प्स र मरिन कर्प्स बेसको अवलोकन गरेका थिए । 

साथै मरिन कर्प्स कमाण्ड एण्ड स्टाफ कलेजको भ्रमण गर्दै शर्माले सो कलेजको तालिमलगायत विविध पक्षका बारेमा जानकारी लिएको नेपाली सेनाले जनाएको छ । 

प्रधानसेनापति शर्मा लेबनान र सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अवस्थाबारे अवलोकन गरेर असार १३ गतेबाट अमेरिकाको भ्रमणमा छन् । 

असार १२ गते अमेरिका पुगेका उनले सोही दिन अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग भेटघाट गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्