१३ असार २०८३, शनिबार

भरतपुर प्रकरणमा सुनुवाई हुँदै, दुई नम्बर इजलासमा रेणु र देवीको भाग्य जाँच !

कात्तिक २०, २०७४
भरतपुर प्रकरणमा सुनुवाई हुँदै, दुई नम्बर इजलासमा रेणु र देवीको भाग्य जाँच   !
काठमाडौं, ८ साउन - चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि उब्जिएको विवादको बारेमा सर्वोच्च अदालतले सुनुवाई गर्दै छ ।

सर्वोच्चको दुई नम्बर इजलासमा न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले उक्त मुद्दामा सुनुवाई गर्दैछन् । उक्त मुद्दा हेर्दा हेर्दैको अवस्थामा छ । माओवादी प्रतिनिधिले भरतपुरमा मतपत्र च्यातेपछि निर्वाचन आयोगले भरतपुरको १९ नम्बर वडामा फेरि निर्वाचन गराउने घोषणा गरेको थियो ।

एमाले उम्मेदवार गुञ्जमान विकले सर्वोच्च निर्वाचन आयोगको निर्णय विरुद्ध रिट दायर गरेका थिए । भरतपुर महानगरपालिकामा माओवादी तथा कांग्रेसको तर्फबाट रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली मेयरको प्रतिस्पर्धामा छन् ।

कमेन्ट गर्नुहोस्