
संरक्षित वन्यजन्तु गैंडाको शिकार गरी खाग ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
चितवन कालिका नगरपालिका-९ शक्तिखोरका ४१ वर्षीय रामकुमार प्रजालाई सोमवार प्रहरीले पक्राउ गरेको हो ।
चितवन कालिका नगरपालिका-११ घर भई हाल तनहुँ व्यास गाउँपालिका-११ मूलपानी बस्ने ठूलो कान्छा एवं सागर प्रजा भनिने ५२ वर्षीय विन्दर सिंह प्रजासमेत भएको गैंडा शिकार गरी खाग (आखेटोपहार) खरिद बिक्री तथा ओसारपसार मुद्दामा फरार रहेका रामकुमारलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ हेटौंडाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन पठाइने प्रहरीले जनाएको छ ।