२५ असार २०८३, बिहीबार

हेटौंडाको अनलाइन जुवा खेल्ने अखडाबाट ११ जना पक्राउ

हेटौंडाको अनलाइन जुवा खेल्ने अखडाबाट ११ जना पक्राउ

बागमती प्रदेशको राजधानी हेटौंडामा अनलाइन जुवा खेल्ने ११ जना पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीले सोमवार हेटौंडा–४ स्थित कमलडाँडामा रहेको रुकमणी न्यौपानेको घरको तेस्रो र चौथो तलमा सञ्चालित सुर्यप्रसाद टेक्नोलोजी प्रालिमा पैसाको हारजीत हुने गरी अवैध रूपमा अनलाइन गेम जुवा खेल्ने र खेलाउने ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । 

मंगलवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता कार्कीले जुवा खेलाउन प्रयोग हुने इलेक्ट्रोनिक्स डिभाइसहरूसहित उनीहरूलाई पक्राउ गरिएको बताए । पक्राउ पर्नेहरूमा हेटौंडा–९ लामसुरेका २३ वर्षीय निशान आचार्य, हेटौंडा–४ कमलडाँडाका २४ वर्षीय राजिव गौतम, ११ नम्बर वडाका मधुकर बानियाँ, १४ नम्बर वडा चुरीयामाईका २४ वर्षीय निमा थिङ, १२ नम्बर वडाका २३ वर्षीय विकास बल, मनहरी–४ मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखाको पालुङटार–७ का २२ वर्षीय डुलास तामाङ, २० वर्षीय तिकमान तामाङ, २१ वर्षीय राजु तामाङ, २५ वर्षीय अमोश तामाङ र बाराको निजगढ–४ का २० वर्षीय अर्पण खड्का छन् ।

आरोपीको साथबाट ११० मोबाइल, ५ डेस्कटप कम्प्युटर, ३ ल्यापटप, ४ राउटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद गरिएको प्रवक्ता कार्कीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्