×

NMB BANK
NIC ASIA

अब मेरो नेतृत्वमा नेपालका कम्युनिस्टलाई एकताबद्ध बनाउँछु : वामदेव गौतम

असार १४, २०७९

NTC
फाइल फोटो
Premier Steels

नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ नामक नयाँ पार्टीको घोषणा गरेका छन् ।

Muktinath Bank

मंगलवार आयोजित कार्यक्रममा उनले नेपालका कम्युनिस्ट पार्टीलाई एकताबद्ध रूपमा लैजानका लागि नयाँ पार्टीको घोषणा गरेको बताए । नेता गौतमले आगामी निर्वाचनसम्म ठूला कम्युनिस्ट पार्टीलाई एकीकृत गर्नका लागि आफूले नयाँ पार्टी गठन गरेको उल्लेख गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपालका कम्युनिस्ट फुट्दा अरुले नै फाइदा लिए,’ उनले भने, ‘अब मेरो नेतृत्वमा नेपालका कम्युनिस्टलाई एकताबद्ध बनाउँछु ।’ आफ्नो पार्टीले कम्युनिस्टलाई एकताबद्ध बनाएर पार्टी सञ्चालन गर्ने नेता गौतमको भनाइ थियोे । 


Advertisment
Nabil box
Kumari

पार्टी एकीकरण गर्ने विषयलाई जुन कम्युनिस्ट पार्टीले सम्मान गर्छ त्यहीसँग एकता गर्ने उनले बताए । कम्युनिस्ट पार्टी एकताका लागि ३ महिने अभियान सञ्चालन गर्ने गौतमले जानकारी दिए ।

Vianet communication

‘हाम्रो पार्टीको मुख्य कार्यभार विघटन भएको नेकपालाई फेरि पुनर्गठन गर्नु हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्व नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई कार्यगत एकतामा ल्याउन वातावरण निर्माण गर्नु अर्को उद्देश्य हो,’ उनले भने । 

नेपालका कम्युनिस्ट पार्टी ४६ पटक पुनर्गठन भएका र त्यसमा आफू नै संलग्न भएको नेता गौतम भनाइ थियो । नयाँ गठन भएको पार्टीको अध्यक्षमा गौतम रहेका छन् ।

पार्टी बहुपदीय प्रणालीमा हुनेछ । पार्टीमा १ अध्यक्ष, प्रत्येक प्रदेशमा इञ्चार्जको जिम्मेवारी बहन गर्ने गरी ७ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव, १ कोषाध्यक्ष र १ सचिव रहने व्यवस्था गरिएको छ ।  

पार्टीको ७५ सदस्यीय कमिटी, १५ जना नबढ्ने गरी स्थायी कमिटीको व्यवस्था गरिएको केन्द्रीय सचिवालयका सचिव डिवी कार्कीले जानकारी दिए । गौतमको संयोजकत्वमा ८ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । 

सचिवालयमा सचिव कार्की तथा सदस्यमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x