×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

जसपाको शक्तिमा उपेन्द्रको ‘कमब्याक’, एकताको ‘मिसन’सहित वामदेवले खोले पार्टी

असार १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel


‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर आएका छौँ–
बहुचर्चित बूढीगण्डकी जलाशयुक्त जलविद्युत आयोजना सरकारले स्वदेशी लगानीमा बनाउने भएको छ । मंगलवारको मन्त्रिपरिषद् बैठकले कम्पनी खडा गरेर उक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको हो । सरकारको नीति तथा कार्यक्रममा पनि बूढीगण्डकी जलविद्युत आयोजना नेपाल सरकारकै लगानीमा बनाउने घोषणा गरिएको थियो । 

Muktinath Bank

कम्पनीको अधिकृत पुँजी ६० अर्ब हुनेछ भने तत्काल जारी पुँजी २० अर्बको हुनेछ ।  कम्पनीमा अर्थ मन्त्रालयको २५ प्रतिशत, ऊर्जा मन्त्रालयको ४० प्रतिशत, विद्युत प्राधिकरणको १४ प्रतिशत, विद्युत उत्पादन कम्पनीको १ प्रतिशत शेयर स्वामित्व रहनेछ । त्यस्तै स्थानीयका लागि १० प्रतिशत र सर्वसाधारणका लागि १० प्रतिशत स्वामित्व रहनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण आफैंले गर्ने भन्दै २४ चैत २०७८ मा सरकारले विदेशी कम्पनीबाट खोसेर आफ्नै मातहतमा ल्याएको थियो । 
सरकारले यो आयोजना बनाउन पटक–पटक चिनियाँ कम्पनी गेजुवा ग्रूप अफ कम्पनिज ९सीजीजीसी०लाई दिने र खोस्नेबाहेक अरू काम भएको थिएन । 
यो आयोजना बनाउन पछिल्लोपटक भदौ २०७५ मा चिनियाँ कम्पनीलाई ठेक्का दिइएको थियो । निर्माणको कुनै प्रक्रिया अगाडि नबढाएर गेजुवाले ४ वर्ष गुजारेपछि सरकारले आफैं निर्माण गर्ने निर्णय गरेको हो ।
००००
केही साता अघिसम्म पार्टीभित्रै अल्पमतमा परेका जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव फेरि पार्टीमा पकड जमाउन सफल भएका छन् । संसदीय दल र केन्द्रीय समिति दुवैतिर बहुमत जुटाएर पार्टी नै ‘हाइज्याक’ गर्न लागेका जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई अन्ततः यादवले पछाडि पारेका छन् ।
केही असन्तुष्ट सांसदहरूलाई मन्त्री बनाइदिने प्रलोभन दिएर भट्टराईले संसदीय दलमा बहुमत जुटाएका थिए। उपेन्द्र यादवलाई संसदीय दलको नेताबाट हटाएर भट्टराई आफैं संसदीय दलको नेता बन्ने प्रयास असफल भएको छ ।
जसपाको विधान अधिवेशन बोलाउन आलटाल गरिरहेको आरोप लगाएर भट्टराई पक्षले उपेन्द्रलाई कारवाहीको तयारी गरेको थियो । शुरूमा स्पष्टीकरण सोध्ने, त्यसपछि निष्कासन नै गर्नेसम्मको तयारी रहेको जसपाकै नेताहरूले बताएका थिए ।
अहिले अवस्था फेरिएको छ । पार्टीको कार्यकारिणी समितिले गर्ने निर्णय समेत आफू एक्लै गर्न पाउने अधिकार उपेन्द्रले बैठकबाटै लिएका छन् । यसबाट पनि उपेन्द्र पार्टीभित्र पुनः शक्तिशाली बनेको पुष्टि गर्छ । मन्त्री हेरफेर गर्ने तथा पार्टीका संघीय परिषद अध्यक्ष भट्टराईसहितका केही नेतालाई कारवाही गर्ने जिम्मेवारी कार्यकारिणी समितिले यादवलाई दिएको छ । यादवले भट्टराईसहित केही नेतालाई स्पष्टीकरण सोधेर कारवाही गर्ने तयारी अगाडि बढाएका छन् । 
००००
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सैन्य सम्झौता राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्बन्धमा गरिएको पत्राचारमा छली काम भएको दाबी गरेका छन् । नेपाली सेनाले अमेरिकी दूतावासलाई पठाएको पत्रको मिति र चलानी नम्बर मात्र आफू प्रधानमन्त्री बनेको समयमा राखिएको उनले दाबी गरे । 
मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपी सन् २०१९ सालमा स्थगित गरिए पनि सत्ता गठबन्धनले अर्को घातक ड्राफ्ट ल्याएको आरोप लगाए ।
००००
नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ नामक नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलवार आयोजित कार्यक्रममा उनले नेपालका कम्युनिस्ट पार्टीलाई एकताबद्ध रूपमा लैजानका लागि नयाँ पार्टीको घोषणा गरेको बताए । नेता गौतमले आगामी निर्वाचनसम्म ठूला कम्युनिस्ट पार्टीलाई एकीकृत गर्नका लागि आफूले नयाँ पार्टी गठन गरेको उल्लेख गरे ।
‘नेपालका कम्युनिस्ट फुट्दा अरुले नै फाइदा लिए,’ उनले भने, ‘अब मेरो नेतृत्वमा नेपालका कम्युनिस्टलाई एकताबद्ध बनाउँछु ।’ आफ्नो पार्टीले कम्युनिस्टलाई एकताबद्ध बनाएर पार्टी सञ्चालन गर्ने नेता गौतमको भनाइ थियोे । 
पार्टी एकीकरण गर्ने विषयलाई जुन कम्युनिस्ट पार्टीले सम्मान गर्छ त्यहीसँग एकता गर्ने उनले बताए । कम्युनिस्ट पार्टी एकताका लागि ३ महिने अभियान सञ्चालन गर्ने गौतमले जानकारी दिए ।
‘हाम्रो पार्टीको मुख्य कार्यभार विघटन भएको नेकपालाई फेरि पुनर्गठन गर्नु हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्व नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई कार्यगत एकतामा ल्याउन वातावरण निर्माण गर्नु अर्को उद्देश्य हो,’ उनले भने । 
नेपालका कम्युनिस्ट पार्टी ४६ पटक पुनर्गठन भएका र त्यसमा आफू नै संलग्न भएको नेता गौतम भनाइ थियो । नयाँ गठन भएको पार्टीको अध्यक्षमा गौतम रहेका छन् ।
पार्टी बहुपदीय प्रणालीमा हुनेछ । पार्टीमा १ अध्यक्ष, प्रत्येक प्रदेशमा इञ्चार्जको जिम्मेवारी बहन गर्ने गरी ७ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव, १ कोषाध्यक्ष र १ सचिव रहने व्यवस्था गरिएको छ ।  
पार्टीको ७५ सदस्यीय कमिटी, १५ जना नबढ्ने गरी स्थायी कमिटीको व्यवस्था गरिएको केन्द्रीय सचिवालयका सचिव डिवी कार्कीले जानकारी दिए । गौतमको संयोजकत्वमा ८ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । 
सचिवालयमा सचिव कार्की तथा सदस्यमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् ।
००००
सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । 
००००
सर्वोच्च अदालतले बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान रोक्न माग गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो । निर्वाचन आयोगले बूढीगङ्गामा यही असार २३ गते पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । उनी राष्ट्रपतिसँग भेटका लागि मंगलबार साँझ शीतलनिवास पुगेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेको पुष्टि गरे । उनले भेटवार्ताको कुनै विशेष विषय नभएको दावी गर्दै नियमित भेटमात्रै भएको बताए ।
००००
धनुषामा श्रीमतीसँग झगडा गरेर मध्यरातमा गोली चलाउने एक युवक पक्राउ परेका छन् । सोमबार राति ११ बजेतिर श्रीमतीसँग झगडा परेपछि  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ थापा चोक बस्ने मनिष कुमार अधिकारीले घरमा लुकाएर राखेको पेस्तोलबाट गोली चलाएका हुन् । उनले रिसको झोँकमा घरको छतमा गएर गोली चलाएको सूचना पुगेपछि प्रहरी खानतलासीका लागि घरमा पुगेको थियो ।  
००००
नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक मंगलबार सम्पन्न भएको छ । सोमबारदेखि राजधानीमा चलेको बैठकले अध्यक्ष माधव कुमार नेपालको पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ । यस्तै पार्टीले विभिन्न १७ बुँदे प्रस्ताव पनि पारित गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 
पारित प्रस्तावअनुसार समाजवादीले राज्यका सबै अंगमा भ्रष्टाचार व्याप्त भइरहेको भन्दै छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ ।
००००
काँग्रेसका युवा नेता शंकर तिवारीले नवलपुर क्षेत्र नम्बर २ बाट संघीय निर्वाचनमा उम्मेदवार बन्न दाबेदारी प्रस्तुत गरेका छन् ।  जुन क्षेत्रमा उद्योगपति तथा काँग्रेस नेता बिनोद चौधरीले पनि दाबी प्रस्तुत गरेका छन् । 
मंगलबार सामाजिक सञ्जालमार्फत तिवारीले  आफूसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संवादमा आएका बुङदी काली , कावासोती, मध्यबिन्दु,  हुपसेकोट हुँदै विनयी त्रिवेणीसम्मका नेतागणदेखि मतदाता सम्मको सल्लाह, आशीर्वाद, आग्रह, शुभकामना  मुताबिक नवलपुर २ बाट उम्मेदवारीमा  दावा रहने बताएका हुन् ।
००००
शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन् ।
मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुने गरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताएका हुन् ।
००००
पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ७९८ नमूना परीक्षणमध्ये ४४ जनामा संक्रमण देखिएको हो । 


Advertisment
Nabil box
Kumari

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९५२ छ । मन्त्रालयका अनुसार थप १७ जना संक्रमणमुक्त भएका छन्  ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x