०८ असार २०८३, सोमबार

जस्टिन बीबरसँग रिसायो चीन, गीत गाउन नदिने

कात्तिक २०, २०७४
जस्टिन बीबरसँग रिसायो चीन, गीत गाउन नदिने


बेजिङको कल्चर ब्यूरोले चीनमा क्यानडाका पप स्टार जस्टिन बीबरलाई प्रस्तुती गर्न रोक लगाएका छन् । 
मन्त्रालयको तर्फबाट एक विज्ञप्ति जारी गदै भनिएको छ, मनोरञ्जनको नाममा यस्ता मानिसलाई अनुमति दिन सकिँदैन जो गलत हर्कतमा छन् । 

विज्ञप्तिमा भनिएको छ,‘जस्टिन बीबर एक शानदार गायक हुन्, तर उनी विवादीत पनि छन् ।’

यो बयान मन्त्रालयको आधिकारिक वेभसाइटमा एक युवकले सोधेको प्रश्नको जवाफमा दिइएको हो । 
मन्त्रालयले भनेको छ हामीलाई आशा छ कि जब जस्टिन बीबर समझदार हुन्छन्, आफ्नो शव्द र काम मा सुधार ल्याउन सकुन् । 

प्रतिवन्धको कारण

यो समाचार तव सार्वजनिक भयो जब सेप्टेम्बरमा शुरु भएको जस्टिन बीबरको एसिया टूरको लिस्टमा चीनको कुनै शहर सहभागी थिएन । 
पप स्टारलाई २०१३ मा चीनमा प्रदर्शन गर्ने अनुमति दिइएको थियो । 

यो पहिलोपटक होइन जब जस्टिन बीवर एशियामा विवादमा आएका छन् । २०१४ मा पनि उनी एक तस्विर सामाजिक सञ्जालमा हालेपछि विवादमा आएका थिए । 

बीबरले टोकियोमा यसुकुनी श्राइन हेरेपछि एक तस्विर सामाजिक सञ्जालमा हालेका थिए । यो श्राइन युद्धका लडाकु र दोषी युद्ध अपराधिलाई श्रद्धान्जलि दिनका लागि बनाइएको थियो । 

जस्टिन बीबरले विवादपछि उक्त तस्वीर हटाएका थिए र माफि मागेका थिए । 

जस्टिन बीबर सेप्टेम्बरबाट शुरु भएको एशिया टूरका बीचमा जापान, हंगकंग, फिलीपिन्स, सिंगापुर तथा इन्डोनेशियामा प्रस्तुती गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्