काठमाडौं, ८ साउन -- आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको मुद्दाको सुनुवाई आज स्थगित भएको छ ।
उनीकी पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले आज बृहत पूर्ण इजलासमा सुनुवाई गर्ने निर्णय भएको थियो ।
इजलासले विशेष अदालतमा मुद्दा परेकोले सो मुद्दाको कागजात झिकाएर मात्रै सनुवाई गर्ने निर्णय गरेको हो ।