२२ जेठ २०८३, शुक्रबार

एकीकृत प्रयासबाट मात्रै विपदको सामना- गृहमन्त्री खाण

एकीकृत प्रयासबाट मात्रै विपदको सामना- गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताएका छन् । 

मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा सहभागी विपदमा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीहरूलाई निर्देशन दिँदै सरकारको मुख्य दायित्व प्राकृतिक प्रकोपबाट जनधनको सुरक्षा गरेकाले त्यसका लागि एकीकृत प्रयास गर्न आग्रह गरेका हुन् । 

उनले विपद्को जोखिम न्यूनीकरण गर्दै जनताको जीउधनको रक्षा गर्ने राज्यको मूल दायित्व पूरा गर्न ठूलो चुनौती रहेको भन्दै त्यसलाई चिरेर अगाडि बढ्न सबैलाई उनले निर्देशन दिए । 

भारी वर्षातपछि आउने बाढी, पहिरो तथा हुने डुबानबाट रोक्ने रणनीतिसहितको पूर्वतयारी आवश्यक रहेको उनको भनाइ थियो । 

त्यसका लागि सड्क, खानेपानी, सञ्चार, स्वास्थ्य, सुरक्षासहितका निकायलाई तम्तयारी अवस्थामा बस्न उनले निर्देशन दिए । 

गृहसचिव टेकनारायण पाण्डेले विपद्को प्रतिकार्यका लागि तम्तयार अवस्थामा रहन सबैलाई निर्देशन दिए । विपदमा अत्यावश्यकीय सेवा सुचारु गर्न पूर्वतयारी गर्न उनले निर्देशन दिए । 

कार्यक्रममा जल तथा मौसम पूर्वानुमान महाशाखा, सडक विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिचाइँ विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तर्फबाट विपद्को पूर्वतयारीका लागि गरिएका कामबारे जानकारी गराइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्