
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडि दुर्घटनाबाट बचेको छ ।
रामेछापको गोगनेमा उपसभापति गुरुङ चढेको बा१९च १८३९ नम्बरको स्कोरपियो सडकबाट बाहिर पुगेको थियो । सामान्य दुर्घटनामा कोही केही भएका छैनन् ।
‘रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठुलो घट्ना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं,’ गुरुङले ट्वीटरमा लेखेका छन् ।
पार्टी कामको शिलशिलामा उपसभापति गुरुङ रामेछाप पुगेका थिए ।