
नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
यस दिन सुन प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।