
सत्तारुढ गठबन्धनको बलमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन गठबन्धनकै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन थालेका छन् ।
पूर्व सहमतिअनुसार मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेसलाई मुख्यमन्त्री हस्तान्तरण गर्नुपर्नेमा सहमति कार्यान्वयन नगरेपछि उनीविरुद्ध हस्ताक्षर संकलन हुन थालेको हो ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता तथा मन्त्री शालिकराम जमरकट्टेलले मुख्यमन्त्री पाण्डेले पूर्व सहमति कार्यान्वयन गर्नुपर्ने बताए ।
पाण्डे मुख्यमन्त्री बन्दा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकार चलाउने सहमति भएको थियो । कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँ मुख्यमन्त्री बन्ने पर्खाइमा छन् ।