असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताको शृंखलाबाट गुज्रिँदै आएको छ ।
विक्रम संवत् २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीमा २०१९ सालको तेस्रो महाधिवेशनपछि २ लाइन संघर्ष भन्दै समूहगत विभाजनको शृंखला शुरू भएको थियो । दक्षिणपन्थी, उग्रवामपन्थी जस्ता आरोप–प्रत्यारोप गर्दै आफूलाई सच्चा र इमान्दार कम्युनिस्ट भन्ने समूहहरू २०४६ सालसम्म आउँदा दर्जनौं पार्टीका रूपमा विभाजित भए । एउटा धार कोअर्डिनेसन केन्द्र, माले–मार्क्सवादी हुँदै २०४७ सालमा नेकपा एमालेका रूपमा विकसित भयो । अर्को धार चौम, मशाल, एकता केन्द्र हुँदै नेकपा माओवादी बन्यो ।
प्रजातन्त्र प्राप्तिसँगै नेकपा एमाले संसदीय राजनीतिमा सहभागी भयो तर एकता केन्द्र पहिलो संसदीय चुनावलाई उपयोग गर्दै नेकपा माओवादीको नाममा २०५२ फागुन १ गतेदेखि सशस्त्र संघर्षमा होमियो । संसदीय अभ्यासमा सामेल एमाले २०५४ सालमा विभाजित भयो र माले बन्यो तर त्यो विभाजन वामदेव गौतमको असफलतापछि लामो समय टिकेन ।
२०५६ सालको चुनावमा नराम्रो हार व्यहोरेपछि फेरि २०५८ सालमा एकता भयो । संसदको अभ्यास गरेको पार्टीभित्र टुटफुट मात्रै भएन, विभिन्न कालखण्डमा भीमकाय गुटहरूको युद्ध नै चल्यो, त्यो आज पर्यन्त पनि जारी छ । त्यसो त १० वर्ष जनयुद्ध गरेर २०६२/०६३ पछि खुला राजनीतिमा आएको तत्कालीन नेकपा माओवादी पनि धुजाधुजा हुने गरी फुट्यो ।
खासगरी नेपालमा कम्युनिस्ट पार्टीको फुट र जुट दुवै सत्ता स्वार्थ र व्यक्तिगत शक्ति आर्जनका निमित्त भएको देखिन्छ । उनीहरू सैद्धान्तिक रूपमा भन्दा पनि व्यक्तिगत टकराव र प्रतिष्ठाकै कारण फुटेको देखिन्छ । अहिले मुलुकमा एमाले, माओवादीबाहेक अन्य कम्युनिस्ट शक्तिहरू पनि सक्रिय छन् । केही महिनाअघि मात्रै एमालेबाट फुटेको एकीकृत समाजवादी, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी अस्तित्वमा छन् ।
यो पंक्तिकारले उठाउन खोजेको अहिलेको सन्दर्भको कुरा गरौं – यतिबेला एमालेबाहेक पहिलो चरणमा माओवादी धार मिल्ने प्रयास भइरहेको छ । यद्यपि यसले मूर्तरूप लिन सकेको छैन । प्रचण्ड, वैद्य र चन्दको सैद्धान्तिक धार आकाश र जमिन जस्तो देखिन्छ । चन्द लगायतले अहिलेको संविधानबाट जनक्रान्ति सम्भव नहुने देख्छ भने प्रचण्ड अहिलेको उपलब्धिको रक्षा गरेर मात्रै क्रान्ति सफल पार्न सकिन्छ भन्ने निष्कर्षमा छन् । चुनावअघि माओवादी धार मिल्न सक्ने अवस्था छैन, बरु त्यसको विकल्पमा समाजवादी धारको परिकल्पना गर्न थालिएको छ ।
यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विचार मिल्नेसँग गठबन्धन वा एकता के गर्ने भन्नेमा छलफल गरिरहेका छन् । एमाले वास्तविक रूपमा आफू हार्ने भए पनि बाहिर एक्लै चुनावमा जाने भन्दैछ तर डराइडराइ । एमाले पनि सकेसम्म चुनावी तालमेलको प्रयासमा भित्रभित्रै लागिरहेको छ । एकीकृत समाजवादी घिसिमुन्टी आफ्नो शक्ति देखाउन खोजिरहेको छ ।
यद्यपि स्थानीय चुनावमा सबै स्थानमा उम्मेदवार पनि उठाउन नसकेको र चुनावी गठबन्धनमा पनि राम्रो भाग नपाएकाले उसको शक्ति कति भन्ने यथार्थ चित्र आउन सकेको छैन । यद्यपि पार्टीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो पार्टीसँग २० लाख हाराहारीमा मत रहेको दाबी गर्न थालेका छन् तर उनले भनेजस्तो मत छ/छैन गत चुनावले प्रस्ट पार्न सकेन ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अझै पनि अहिलेको सत्ता गठबन्धनलाई कायम राख्नुपर्ने र प्रतिगमनविरुद्ध एकजुट हुन आवश्यक रहेको बताइरहेका छन् ।
अब एमालेको कुरा गरौं – खासमा एमाले अध्यक्ष र उनको कोर टीमबाहेक अहिले अधिकांश नेताहरू आगामी निर्वाचनमा तालमेल गरेरै जानुपर्नेमा जोड दिइरहेको पाइन्छ । यसको नेतृत्व शंकर पोखरेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम रावल, गोकर्ण विष्ट लगायतले गरिरहेका छन् । यद्यपि एमाले अध्यक्ष ओलीले सार्वजनिक रूपमा एमाले एक्लै चुनावमा जाने बताउन छाडेका छैनन् । भित्रभित्रै भने उनको नौनाडी गलिसकेको छ । उनलाई थाहा छ – एमाले एक्लै चुनावमा जाने र उता सत्ता गठबन्धन दल एक भएर जाने अवस्था आएमा संसदमा आफ्नो उपस्थिति अहिलेको कांग्रेसको भन्दा खराब अवस्थामा पुग्नेवाला छ ।
भर्खरै स्थानीय चुनाव सम्पन्न भएको छ । नेपाली कांग्रेसले गठबन्धनबाट आफूलाई ठूलो दलको रूपमा स्थापित गरेको छ । कांग्रेसले ३२९ पालिकामा प्रमुख जितेको छ भने एमालेले २०५ पालिका प्रमुख जितेको छ । यता माओवादीले १२१ पालिका प्रमुखमा जीत हात पारेको छ । एकीकृत समाजवादीले २० पालिका प्रमुख जितेको छ भने राष्ट्रिय जनमोर्चाले ४ पालिका प्रमुखमा विजयी हासिल गरेको छ ।
गत स्थानीय निर्वाचन हेर्दा कम्युनिस्ट शक्तिको मत बलियो र शक्तिशाली छ । टुटफुट र आन्तरिक द्वन्द्वबीच कम्युनिस्ट शक्तिले ३५० स्थानीय तहमा प्रमुख पदमा जीत हासिल गरेका छन् । यद्यपि फुटेका कम्युनिस्ट शक्तिलाई कांग्रेसले भिन्दाभिन्दै साइजमा ल्याइदिएको छ ।
माथि उल्लेखित वस्तुस्थिति बुझेपछि अब कुरा गरौं –चुनाव केन्द्रित गठबन्धन कि पार्टी एकता ? खासमा नेपालका कम्युनिस्ट पार्टीहरू दीर्घकालीनभन्दा अल्पकालीन फाइदा र एउटा चुनाव केन्द्रित निर्णय गर्न पुगेको इतिहास हामीमाझ छ । त्यसकै परिणाम हो २०७५ जेठ ३ गते पार्टी एक गरेका एमाले र माओवादी केन्द्रको हविगत । व्यक्तिगत महत्त्वाकांक्षा, हतार र तयारी विनाको पार्टी एकताले माओवादी त छुट्टियो नै, सग्लो एमाले पनि विभाजित हुन पुग्यो । फलस्वरूप यो ५ वर्ष सपनामा पनि सत्तामा जाने नसोचेको कांग्रेस उनीहरूकै विभाजनबाट सत्ताको बागडोर सम्हाल्न पुग्यो ।
५० वर्ष शासन गर्छु भनेर नेकपाको जहाज उडाएका २ पाइलट ५० महिना नपुग्दै असफल सावित भए र जहाज दुर्घटना गराए । यो राजनीतिक दुर्घटनाले खासमा नेपाली जनताले खाजेको राजनीतिक स्थायित्वको हत्या भयो भने मुलुकमा अस्थिर राजनीतिको पालुवा फेरि पलायो । जनतामा निराशा उत्पन्न गरायो भने मुलुक समृद्धिको बाटोभन्दा ठीक विपरीत लाग्यो ।
जिम्मेवार पाइलटहरू प्रचण्ड र केपी ओली नै हुन् । यसमा सहायक जिम्मेवार माधव नेपाल पनि छन् । जबसम्म यी ओली र प्रचण्डले गम्भीर आत्मसमीक्षा गर्दैनन्, तबसम्म अहिलेको परिवेशमा नेपाली कम्युनिस्ट आन्दोलन बलियो हुने र कम्युनिस्ट पार्टी बलियो हुने सम्भावना रहँदैन । यसको मुख्य दोष २ नेताहरूलाई मुख्य रूपमा जान्छ ।
अब के त ? के कम्युनिस्ट पार्टीहरूको एकता मसिनो ढंगबाट गर्न आगामी चुनावसम्मको समय पर्याप्त हुन्छ ? ४–६ महिनामै यति विभाजित नेतृत्व, विभाजित कार्यकर्ता ठ्याक्कै मिलिहाल्न सक्छन् ? के फेरि पनि चुनावकै लागि जनता भुलाउन पार्टी एकता गर्ने ? जनताले अब पत्याउँछन् ? यसको समीक्षा गर्ने कि नगर्ने ? यी विविध विषयमा नेतृत्वले गम्भीर ढंगबाट मूल्यांकन गर्न जरुरी छ ।
चुनाव र सत्ताका लागि पार्टी एकता गर्नेभन्दा यतिबेला वाम गठबन्धनको आवश्यकता हो कि अबको चुनावमा वाम गठबन्धनको पहल प्रचण्ड र माधव नेपालले संयुक्त रूपमा गरेर केपी ओलीलाई वाम गठबन्धनको एजेण्डामा आउन बाध्य पार्न सक्छन् ? के ओलीले आफूलाई सच्याएर, फराकिलो छाती बनाएर वाम गठबन्धनको महाअभियानको नेतृत्व गर्न सक्छन् ? यो विषय आजको महत्त्वपूर्ण विषय हो । आजको दिनमा कम्युनिस्ट पार्टी एकताको नाममा हतार र स्वार्थपूर्ण पार्टी एकताको कुनै सम्भावना देखिँदैन र त्यो दीर्घकालीन नहुने पुष्टि भइसकेको छ ।
विगतको पार्टी एकता फगत घाँटी जोडिएको ब्रह्माको बहुरूपी टाउको भएको यथार्थ हो । तसर्थ अबको बाटो बृहत् वाम गठबन्धनको नै हो र यो सबै वामपन्थी कार्यकर्ताहरूको दबाब र नेतृत्वको अग्रसरताबाट सम्भव छ ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...