२९ असार २०८३, सोमबार

प्रचण्डप्रति गोकुल बाँस्कोटाको व्यंग्यात्मक टिप्पणी : सुप्रिमो नै भक्कानिए भने देश दुर्घटनामा पर्ला ?

प्रचण्डप्रति गोकुल बाँस्कोटाको व्यंग्यात्मक टिप्पणी : सुप्रिमो नै भक्कानिए भने देश दुर्घटनामा पर्ला ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुत्र स्व. प्रकाश दाहालको शालिक अनावरण गरेकोप्रति नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले प्रचण्ड परिवारवादमा फसेको संकेत गरेका छन् ।

बाँस्कोटाले लेखेका छन्, ‘कोरियाली युद्धमा माओका जेठा छोराको बलिदान सम्झेर कोही–कोही भक्कानिँदै रहेछन् । नरुनु त्यसरी पीर पर्दछ । फेरि आफ्नो परिवारको योगदान अवमूल्यन भएकोमा सुप्रिमो नै भक्कानिए भने देश दुर्घटनामा पर्ला ? वंशवाद पराजित गरेर आएको नेतालाई हेप्न मिल्दैन । प्रतिक्रियावादी हर्कत बन्द गर ।’

प्रचण्डले छोराको शालिक अनावरण गरेकोप्रति सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्