
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट थप २९ संक्रमितको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य विभागका अनुसार २४ घण्टामा थप १७ हजार ९२ जनामा कोरोना पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार केही दिनयता संक्रमितको संख्या बढ्दै गएको छ ।
भारतका ५ राज्यमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । केरल, महाराष्ट्र, तमिलनाडु, पश्चिम बंगाल र कर्नाटकमा कोरोना बढी फैलिएको छ ।
देशभर कोरोनाका १ लाख ९ हजार ५६८ सक्रिय संक्रमित रहेका विभागले जनाएको छ ।