भदौ २, २०७९
हेटौंडा उपमहानगरपालिकाको निर्णयको विरोधमा अटोचालकहरू आन्दोलित बनेका छन् । २०७६ पुस ७ गतेभन्दा अगाडि दर्ता गरिएका अटोलाई मात्र नगर क्षेत्रमा सञ्चालन गर्न दिने नगरपालिकाको निर्णयको विरोधमा अटो चालकहरू आन्दोलित ब...
गएराति परेको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको सदरमुकामस्थित गाईघाट बजार क्षेत्रका सयौँ घर पसल डुबानमा परेका छन् । निरन्तर वर्षाका कारण बजार क्षेत्र र घर डुबानमा परेपछि त्यहाँका पसलमा बिक्रीका लागि राखिएका विभिन्न उपभोग्य बस्तु सबै नष्ट भएर पचासौँ लाखभन्दा बढीको सामान क्षति भएको स्थानीय व्यापारीले बताएका छन् ।
गाईघाट बजार असारी लाइन क्षेत्रका एक पसल सञ्चालक तीलक खड्काका अनुसार शुक्रवार साँझदेखि परेको भीषण वर्षाको कारण गएराति आफूहरूको टोलसहित पसल र घर डुबानमा परेको र आफ्नो पसल डुब्दा दशौँ लाखको उपभोग्य वस्तु नष्ट भएको छ ।
मुख्य गरेर गाईघाट बजार क्षेत्रको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभाटोल र मुख्य बजार क्षेत्रको पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र संगमटोलका अधिकांश घर र पसल डुबानमा पर्दा पसलमा राखिएका अधिकांश उपभोग्य वस्तु नष्ट हुन पुगेको अर्का पसल सञ्चालक दीपक कार्कीले बताए ।
अन्य स्थानीयवासीको पनि घरभित्र पानी प्रवेश गर्दा घरका अधिकांश सामग्री पानीले बिगारेको उनीहरूको गुनसो थियो ।
त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विकले शुक्रवार बेलुकीदेखि आएको निरन्तर भीषण वर्षाका कारण बजार क्षेत्रका घर र पसलभित्र पानी प्रवेश गरेर डुबानमा परेकाले धेरै पसलका सामग्री नष्ट हुन पुगेको र आफूले बिहानैदेखि अनुगमन र स्थलगत अध्ययन शुरु गरेको जानकारी दिए ।
क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको र धेरै क्षति भएका कारण सबै आँकडा संकलन नभएसम्म क्षतिको यथार्त विवरण आउन ढिलाइ हुने उनको भनाइ थियो । नगरपालिकाका प्रमुख वसन्त बस्नेत र उपप्रमुख महेस्वरी राईले पनि बजार डुबानमा परेपछि गाईघाट बजारको डुबानको क्षतिको बारेमा अध्ययन थालेका छन् । रासस
हेटौंडा उपमहानगरपालिकाको निर्णयको विरोधमा अटोचालकहरू आन्दोलित बनेका छन् । २०७६ पुस ७ गतेभन्दा अगाडि दर्ता गरिएका अटोलाई मात्र नगर क्षेत्रमा सञ्चालन गर्न दिने नगरपालिकाको निर्णयको विरोधमा अटो चालकहरू आन्दोलित ब...
बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहील...
राजस्व अनुसन्धान विभागले १ करोड १० लाख २४ हजार २९ रुपैयाँ बिगो कायम गरी ६ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । सुनवल नगरपालिका वडा नम्बर ३ का धर्मराज हरिजन, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न...
बाटोमा भेटिएको नागरिकता दुरूपयोग गरी कम्पनी खोलेर ठगी गरेको आरोपमा ३ जना पक्राउ परेको छन् । अरुको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्न...
नेपाल प्रहरीले स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्रोत नखुलेको रकमसहित काठमाडौं मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बारा घर ...
६९ लाख रुपैयाँ हुण्डी कारोबारको पैसासहित ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार बेलुका साढे ४ बजे काठमाडौंको घण्टाघरबाट ३ जनालाई पक्राउ गरेर आज (बिहीवार) सार्वजनिक गरेको हो ।&nbs...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...