२८ जेठ २०८३, बिहीबार

माधव नेपाल भेट्न पुगे भारतीय राजदूत

माधव नेपाल भेट्न पुगे भारतीय राजदूत

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । नवनियुक्त राजदूत श्रीवास्तव नेपाललाई भेट्न शनिबार उनको निवास कोटेश्वर पुगेका थिए । 

नवनियुक्त भारतीय राजदूत श्रीवास्तव शनिबार साँझ आफूसँग शिष्टाचार भेटका निवासमा आएको नेपालले बताए । सो क्रममा नेपालमा स्वागत गर्दै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको नेपालको भनाइ छ । यस्तै भेटमा नेपाल भारत–सम्बन्ध र समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्