३० जेठ २०८३, शनिबार

क्यान्सरपीडित यी आसामी नायकको मृत्यु

असार १९, २०७९
क्यान्सरपीडित यी आसामी नायकको मृत्यु

भारतस्थित आसामका एक नायक किशोर दासको मृत्यु भएको छ ।

पछिल्लो एक वर्षदेखि क्यान्सर रोगसँग जुधिरहेको दासको शनिवार मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

३० वर्षीय दासको मृत्यु चेन्नईस्थित अस्पतालमा उपचारको क्रममा भएको बताइएको छ । 

गत मार्चदेखि निरन्तर उपचारमा रहेका दासको शनिवार मृत्यु भएको हो । 

उनमा केही समयअघि कोरोना संक्रमण समेत देखिएको बताइएको छ । 

दासको भूमिका टिभी सिरिज बन्धुन और बिधातामा निकै चर्चित छ । 

 
 

salt training

कमेन्ट गर्नुहोस्