
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम विभागले जनाएको छ ।
हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
विभागका अनुसार आज रातिसम्म सामान्य तथा आंशिक बदली रहनेछ ।
देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ ।