०४ असार २०८३, बिहीबार

केएमसी स्कुलको होस्टलमा एक कर्मचारी मृत फेला

केएमसी स्कुलको होस्टलमा एक कर्मचारी मृत फेला

काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा एक कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

शनिवार बेलुका सो गर्ल्स होस्टलमा ती कर्मचारी झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

ती कर्मचारीको शव अहिले पनि झुण्डिएकै अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

बाहिरी जिल्लाबाट ती कर्मचारीको अविभावक आउँदै गरेकाले उनीहरू आएपछि मात्रै शव झिकिने प्रहरीले जनाएको छ ।

प्रहरीले फरेन्सिकको टोली ल्याएर अनुसन्धान गरिरहेको समेत प्रहरीको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्