०८ साउन २०८३, शुक्रबार

पर्यटकलाई लुटपाट गर्न खोजेको अभियोगमा सातजना पक्राउ

पर्यटकलाई लुटपाट गर्न खोजेको अभियोगमा सातजना पक्राउ

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोजेको अभियोगमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ग्रेट हिमालयन ट्रेलको यात्रामा रहेका एक जर्मनीका नागरिकलाई लुटपाट गर्न खोजेको अभियोगमा प्रहरीले हिल्सा–सिमकोट सडक निर्माणमा संलग्न सात जना कामदारलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय विष्ट रहेका छन् । उनीहरूको दाङको घोराही र तुलसीपुरका स्थायी वासिन्दा रहेको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका सबै जनालाई नाम्खाबाट सदरमुकामतर्फ ल्याइँदै छ । 

नाम्खा गाउँपालिका–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरूले लुटपाटको प्रयास गरेका थिए । घटनापछि इक्माले प्रहरीमा दिएको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्