
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । आइतवार बसेको प्रदेश सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।
विनियोजन विधेयक पारित भएसँगै प्रदेश १ को बजेटसमेत संसदबाट पास भएको हो ।
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद तथा निवर्तमान अर्थमन्त्री तुलसीप्रसाद न्यौपानेले १०० रूपैयाँ खर्च कटौतीको प्रस्ताव सदनमा पेश गरेका थिए ।
न्यौपानेले राखेको प्रस्ताव अस्वीकृत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राखेको विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले नै पारित गरेको छ ।