
अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने मन्त्रिपरिषदको निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम अझै नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपीबारे मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमा आएको र अध्ययन भइरहेकाले पत्र गइनसकेको बताएकी हुन् ।
प्रवक्ता लम्सालले अध्ययन भइसकेपछि मन्त्रिपरिषद्को सो निर्णय कार्यान्वयन हुनेमा ढुक्क हुन पनि उनले आग्रह गरिन् ।
‘यसलाई उपयुक्त समयमा डिप्लोम्याटिक च्यानलबाट नेपाल सरकारको मन्त्रिपरिषद्को सो निर्णयलाई कार्यान्वयन गर्छौं,’ उनले भनिन् ।