साउन ३१, २०७९
त्रिभुवन विश्वविद्यालयलाई त्रिवि कर्मचारी सङ्घले ४५ बुँदे ज्ञापनपत्र बुझाएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटालाई सङ्घका अध्यक्ष छत्रबहादुर कार्कीले उक्त ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा त्रि...
नेपाल प्रहरी श्रीमती संघ र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याबसन)बीच एक सम्झौतामा हस्ताक्षर भएको छ । संघ र एन प्याबसनबीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका सन्ततिहरूलाई एन–प्याबसनसँग आवद्ध विद्यालयहरूमा छात्रवृत्ति तथा भर्ना शुल्क सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा संघको तर्फबाट अध्यक्ष कुसुम लता सिंह र एन–प्याबसनकोतर्फबाट सह–अध्यक्ष सुवास न्यौपानेले हस्ताक्षर गरेका छन् । आइतवार संघको कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्झौतापत्र पनि आदानप्रदान गरिएको छ ।
कार्यक्रममा संघकी अध्यक्ष सिंहले शान्ति सुरक्षाको अतिरिक्त प्राकृतिक प्रकोप, आपत् विपद तथा अपराध नियन्त्रणमा समेत आफ्नो ज्यानको प्रवाह नगरी देश र जनताको लागि खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूले पुर्याएको योगदानको उच्च मुल्यांकन गरी एन–प्याबसनले प्रदान गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन् । शैक्षिक सेवा विस्तार तथा योगदानका सत्-प्रयासहरू आगामी दिनमा अझै विस्तारित हुने कामना उनले व्यक्त गरिन् ।
एन–प्याबसनका सह–अध्यक्ष न्यौपानेले राम्रो काम थालनी भएको चर्चा गर्दै नेपाल प्रहरीका परिवारलाई शैक्षिक सहयोग गर्न पाउँदा खुशी लागेको बताए । एन–प्याबसनसँग आवद्ध देशभरका विद्यालय तथा १०+२ सम्मको लागि प्रत्येक विद्यालयमा बढीमा १ जना छात्रवृत्ति पर्ने गरी अमर प्रहरी, असहाय र अन्यलाई वार्षिक भर्ना शुल्क नलिने गरी विद्यार्थी भर्ना गरिने उक्त सम्झौतामा उल्लेख गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयलाई त्रिवि कर्मचारी सङ्घले ४५ बुँदे ज्ञापनपत्र बुझाएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटालाई सङ्घका अध्यक्ष छत्रबहादुर कार्कीले उक्त ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा त्रि...
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त रजिष्टार सूर्य संग्रौलाले श्वेतपत्र जारी गर्दै हालसम्म १ अर्ब ४१ करोड ऋणमा रहेको बताएका छन् । मंगलवार श्वेतपत्र जारी गर्दै रजिष्टार संग्रौलाले प्रतिष्ठानको ...
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जग्गा उपलब्ध गराइएको छ । नगरपालिका–९ ढुंगे बिसौनामा विश्वविद्यालय पूर्वाधार समितिको नाममा ४८.६७ र...
कैलालीका धेरै पालिका साक्षर पालिका घोषणा भइसकेका छन् । पालिका साक्षर घोषणा भए पनि पालिकाभित्र लेखपढ गर्न नजान्नेको पढ्न, लेख्न सिक्ने धोको पूरा भएको छैन । कैलालीको जानकी गाउँपालिका पनि साक्षर घोषणा भइसकेक...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न निर्देशन दिएका छन् । राजधानीमा शिक्षा समन्वय एकाइका प्रमुखहरूलाई बिहीवार प्रशिक्षण दिँदै उनले सार्वजनिक...
शिक्षक सेवा आयोगले बढुवा नतिजाको पुनरावलोकन गरी सूचना सार्वजनिक गरेको छ । आयोगले बुधवार गोरखापत्र दैनिकमा बढुवा नतिजाको पुनरावलोकन गरी सूचना सार्वजनिक गरेको हो । शिक्षक सेवा आयोगको बढुवा सिफ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...