
उच्च अदालत पाटनमा शाखा अधिकृत र उपसचिवबीच आइतवार कुटाकुट भएको छ ।
शाखा अधिकृत हिरालाल भुसालले उपसचिव रमेश श्रेष्ठलाई कार्यकक्षमै गएर कुटपिट गरेको स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार उनीहरूबीच म्याद थपको विषयलाई लिएर कुटाकुट भएको हो ।
यस विषयमा रजिष्ट्रार ठगिन्द्र कट्टेलसँग सम्पर्क गर्दा उनले आफू बाहिर रहेको र त्यस्तो घटना नभएको बताए । तर, उनले सो विषयको समाचार नलेखिदिन भने आग्रह गरे ।