०४ साउन २०८३, सोमबार

वीरगञ्ज महानगरपालिकाद्वारा श्वेतपत्र जारी

वीरगञ्ज महानगरपालिकाद्वारा श्वेतपत्र जारी

मधेस प्रदेशमा रहेको वीरगञ्ज महानगरपालिकाले आज श्वेतपत्र सार्वजिनक गरेको छ । डा दीपेन्द्रकुमार चौधरीको संयोजकत्वमा रहेको नौ सदस्यीय टोलीले तयार पारेको श्वेतपत्र  एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । सो अवसरमा महानगरपालिकाको आर्थिक, सामाजिक, शैक्षिक र पूर्वाधारलगायत विभिन्न परियोजनाको वर्तमान अवस्थाबारे आमनगरवासीलाई जानकारी दिन श्वेतपत्र सार्वजनिक गरिएको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाले सार्वजनिक गरेको ३८ पृष्ठको श्वेतपत्रमा जनशक्तिको चर्को अभाव रहेको पालिकाभित्र सम्पन्न भइसकेका वा सम्पन्न हुन बाँकी रहेका ठूला आयोजना सम्झौताअनुसार निर्माण तथा सञ्चालन नभएको उल्लेख गरिएको छ । महानगरपालिकामा कायम रहेको कूल दरबन्दीको ३८ प्रतिशत जनशक्ति मात्र रहेको छ भने फोहर व्यवस्थापन केन्द्र, पानी प्रशोधन केन्द्र, अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्रलगायत ठूला परियोजना सम्झौताअनुसार सञ्चालनमा नरहेको संयोजक चौधरीले जानकारी दिए। 
नगरप्रमुख राजेशमान सिंहले पहिलेको नेतृत्वको कमीकमजोरीका कारण महानगरपालिका आर्थिक तथा भौतिकरूपमा कमजोर भएको जिकिर गरे । 

salt training

कमेन्ट गर्नुहोस्