२५ जेठ २०८३, सोमबार

प्रधानमन्त्री देउवासँग प्रेस युनियन पदाधिकारीको भेट

प्रधानमन्त्री देउवासँग प्रेस युनियन पदाधिकारीको भेट

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका पदाधिकारीले भेट गरी युनियनको आसन्न नवौँ महाधिवशेनका बारेमा जानकारी गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा आगामी साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने युनियनको महाधिवेशन तयारीलगायत विषयमा जानकारी गराएको अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । महाधिवेशनको उद्घाटन साउन ६ गते हुने र त्यसका लागि प्रधानमन्त्री देउवालाई भेटेर प्रमुख अतिथिका रुपमा निमन्त्रणासमेत गरिएको अध्यक्ष सिग्देलले बताए ।   

भेटमा कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत, युनियनका अध्यक्ष सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्षद्वय ईश्वरी ओझा र बाला अधिकारी, कार्यवाहक महासचिव भीष्मराज ओझा, कोषाध्यक्ष सरोज अधिकारी सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्