२१ जेठ २०८३, बिहीबार

विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम विभागले बताएको छ ।

सोमवार बिहान देशका धेरै स्थानमा सामान्य बदली रही  लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। 

आज दिउँसो तथा राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । 

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । 

आगामी २४ घन्टासम्म पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन तथा यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्