२१ जेठ २०८३, बिहीबार

मधेश प्रदेशसभा बैठक बस्दै

मधेश प्रदेशसभा बैठक बस्दै

मधेश प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ । 

मधेश प्रदेशसभाको बैठक आज  दिउँसो १ बजेका लागि आव्हान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

यही असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आव ०७९/०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

यसपछि प्रदेशसभा सचिवालयले अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि बैठक स्थगित भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्