२५ जेठ २०८३, सोमबार

हात्तीलाई खुवाइएको भोेजको रकम भुक्तानी नगर्न निर्देशन

हात्तीलाई खुवाइएको भोेजको रकम भुक्तानी नगर्न निर्देशन
फाइल तस्बिर

गत बिहीवार चितवन राष्ट्रिय निकुन्जका हात्तीहरूलाई खुवाइएको भोजको रकम भुक्तानी रोकिएको छ । बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठको निर्देशनमा भोजको रकम भुक्तानी रोकिएको हो । 

हात्तीलाई भोज खुवाइएको विषयमा निजी क्षेत्रका पर्यटन व्यवसायीले विरोध जनाएपछि मन्त्री श्रेष्ठले भुक्तानी रोक्न निर्देशन दिएका हुन् । उनले पर्यटन व्यवसायीहरूसँगको छलफलमा हात्तीको भोजका लागि एक रुपैयाँ पनि भुक्तानी नदिने स्पष्ट पारेका छन् । 

पर्यटन प्रवद्र्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले सरकारी हात्तीसार र निजी व्यवसायीले पालेका करिब ७० हात्तीलाई भोजका रूपमा केरा, चना, भुइँकटर, स्याउ, उखु, सखर, खर्बुजा र खिर खुवाइएका थिए ।

प्रदेश सरकारको आर्थिक सहयोग तथा चितवन निकुञ्जको सहकार्यमा हात्ती भोज कार्यक्रम गरिएको बताइएको थियो । प्रदेश पर्यटन कार्यालय अवलोकन गर्न पुगेका पर्यटनमन्त्री श्रेष्ठ स्वयंले हात्ती भोज कार्यक्रमको उद्घाटन गरेका थिए । 

उक्त कार्यक्रममा विषयमा केही विरोधी समूहले नकारात्मक हल्ला फैलाएकाले हाललाई उक्त शीर्षकमा बजेट नदिन मन्त्रालयलाई निर्देशन दिएको मन्त्री श्रेष्ठले बताएका छन् । 

चितवनको पर्यटन प्रवर्द्धनका लागि हात्तीलाई खाना खुवाउन प्रदेश सरकारले पनि रु पाँच लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर, स्थानीय केही व्यक्ति र समूहले प्रदेश सरकारले गरेको प्रतिबद्धतालाई विवादमा तान्न खोजेपछि उक्त प्रतिबद्धताबाट पछाडि हटेको बताइएको छ ।

विवाद बढेपछि हात्ती भोजको आयोजक संस्थाले पत्रकार सम्मेलन गरी बजेट फ्रिज हुन लागेपछि मन्त्रालयकै आग्रहमा वनभोज कार्यक्रम गरिएको बताएको थियो । समितिका अनुसार हात्तीलाई भोज खुवाउने कार्यक्रममा कूल २ लाख २२ हजार रूपैयाँभन्दा बढी खर्च भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्